Logo

सत्ता गठबन्धन भ्वाङ पार्न कांग्रेसले संसद्मा अरण्य रोदन गर्‍यो: सांसद सूर्य थापा



काठमाडौं,२८ चैत । सत्तारुढ दल नेकपा एमालेका नेता सूर्य थापाले प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले सत्ता र प्रतिपक्षीमा हुँदा फरक फरक व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको विषय समयमा बोल्दै सांसद थापाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको विषय देखाएर सत्ता गठबन्धनमा भ्वाङ पार्न अरण्य रोदनको खेती सुरु गरेको आरोप लगाए । उनेल जनताका समस्या सदनमा सुनाउन पनि सत्तापक्ष भएकै कारण गाह्वो भएको बताए ।

‘हामी जनताका प्रतिनिधि भएर आएपछि निर्धक्क भएर जनताको आवाजलाई संसद्मा राख्न सभामुखको अनुमति लिएर सदनमा बोल्न कतिऔं दिन पखर्नुपर्यो’उनले भने ‘सत्तापक्षमा बसेकाले यो आसनमा बसेपछि बोल्नै पाईदैंन भन्ने भाव सिर्जना गर्न खोजियो । हामीपनि प्रतिपक्षीमा थियौं । प्रतिपक्षीमा हुँदा विभिन्न कुरा उठाएका थियौं । सत्तापक्षका मित्रहरुले आज बोलिरहनु भएकै मित्रहरुले पनि लहरै मिलाईमिलाई सुन काण्डका बारेमा छानबिन गरौं त्यहा तस्करी भएको छ भन्दा प्रतिपक्षीले भन्नासाथ आयोग गठन हुन्छ ओठे जवाफ दिनुभएको थियो’ ।

सांसद थापाले एमालेले सुन तस्करीको छानबिन गरौं भनेर प्रस्ताव ल्याउँदा त्यतिबेलाको सत्तापक्ष नेपाली कांग्रेसले ओठे जवाफ दिएको स्मरण गराउँदै भने ‘ओठे जवाफ दिने थलो संसद होइन् भनेर हामीले सुन काण्डसँग सम्बन्धीत छानबिन गर्न आयोग बन्यो । त्यस्ले प्रतिवेदन ल्यायो ।सुन तस्करीको मुहान त्यस आयोगले पत्ता लगायो । देशका लागि एजेण्डा उठाउँदा सत्तामा होस् वा प्रतिपषीमा तथ्यमा आधारित भएर राखेको छ भने त्यसले परिणाम दिन्छ भन्नेकुरा हामीले हिजो प्रतिपक्षमा हुँदा उठाएको काराबाट प्रमाणि भईसकेको छ’ ।

सांसद थापाले सहकारीको विषय सिंगो देशको चिन्ताको विषय भएकाले सरकारले पनि गम्भीर भएर सोच्नुपर्ने बताए । ‘सहकारीको विषय आज देशको सिंगो समइा बनेको छ । राष्ट्रको वहसको विषय बनेको छ । हामी यसमा संयमित ढंगको बहस होस् भन्ने चाहान्छौं । तर व्यक्ति केन्द्रीत गरेर अदालतमा बिचाराधीन विषयमा कास्की जिल्ला अदालतमा बिचाराधीन विषय हो । यो सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषय । सत्ता, प्रतिपक्षी र यो सार्वभौंम संसद्का माननीयहरुलाई अदालतमा बिचाराधीन विषयमा यहाँ बहस गर्न मिल्दैन भन्ने कुरा संविधान बमोजिम थाहा छ । तर, हामीले यो विषय थाहा पाईपाई उठाईरहेका छौं’ । उनले भने ।

उनले नेपाली कांग्रेसलाई सत्ता गठबन्धन भ्वाङ पार्न आरण्य रोदन नगर्नपनि आग्रह गरे ‘सहकारी प्रतिपक्षीमा हुँदा जाग्ने, सत्तापक्षमा हुँदा भाग्ने विषय होईन् । यो कुरा प्रतिपक्षीले राम्रोसँग बुझोस् । सहकारी पीडितहरु ठगिनु हुन्न । त्यसका लागि सरकारले ध्यान दिनुपर्छ । सत्ता गठबन्धनमा भ्वाङ पार्ने उदेश्यले कांग्रेसले संसदमा अरण्य रोदन गर्‍यो’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्