Logo

बागमतीका मेयर थापाविरुद्ध ५ करोडभन्दा धेरै बिगो मागदाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२८ चैत । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

बुधबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले थापाउपर अकुत सम्पत्ति कमाएको आरोपमा बिगो ५ करोड ३३ लाख ५३ हजार १८९ कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । थापा गत वर्षको स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधि हिसाब गर्दा उनको स्रोत खुल्न आएको कुल आय ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ देखिएको तर १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्