काठमाडौं,२८ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संसदीय क्षेत्र विकास कोषको रकम जाजरकोट स्तान्तरण गराएको भन्दै आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले २०८० जेट १५ गतेको बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेटको ४४५ बुँदामा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षक अन्तर्गत ८ अर्ब २५ करोड रुपैयाँ त्यहा छुट्टाईएको उल्लेख गरे । बजेटमा नै निर्वाचन क्षेत्रका जनताले अपेक्ष गरेका विकास निर्माणका स्थानीय आवश्यक्ताहरु जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्र अर्थात १६५ संसदीय निर्वाचन क्षेत्रका लागि रु५ करोडका दरले विनियोजित गर्नेगरी संसदीय क्षेत्र विकास कोष भनिएको उल्लेख गर्दै पाण्डेले यसबारेमा ७ दिनभित्रमा सरकारले जवाफ नदिए सदन अवरुद्ध गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले उक्त कार्यक्रम घोषणा भएको ९ महिनासम्म पनि किन लागू भएन भन्दै सरकारलाई प्रश्न गरे ‘त्यो कार्यक्रम कहाँ हरायो । ९ महिनासम्म त्यो कार्यक्रम आउन सकेन । तर, आजभोलि म सुन्दैछु त्यो कार्यक्रमको पैसा जाजरकोट लगियो रे । जाजरकोटका भूकम्प पीीडतलाई त अन्तराष्ट्रिय निकायलाई गुहारेर भएपनि सरकारले रकम जुटाउने हो । राष्ट्र कमजोर छ । तलव खाने पैसा छैन् भनेपनि विदेशसँग ऋण लिएर भएपनि उपलब्ध गराउने काम राज्यको हो । त्यो भूकम्प पीडितलाई यहि शीर्षकबाट लानुपर्ने भन्ने थियो र’ उनले भने ‘सभामुख महोदय यसबारेमा ७ दिनभित्रमा सरकारले हाम्रो मागलाई सुनुवाई हुनेगरी जवाफ नदिएमा सदन अवरुद्ध हुने जानकारी गराउँछु’ ।
सांसद पाण्डेले संसद अवरुद्ध गर्ने चेतावनी दिईरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले भने समर्थनमा टेबल ठोकेका थिए ।