Logo

कांग्रेसले भन्यो: उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सभाको उपाध्यक्ष हामीलाई दिनुस्



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष आफ्नो दललाई दिन आग्रह गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि डाकिएको बैठकमा उपाध्यक्षकी उम्मेदवार रहेका नेपाली कांग्रेसकी नेतृ विष्णुदेवी पुडासैनीको समर्थनमा बोल्दै कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सत्तापक्षले अध्यक्ष लिएपछि उपाध्यक्ष स्वत प्रतिपक्षीले पाउनुपर्ने बताए ।

रोकायले उपाध्यक्षमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी विमला घिमिरेको उम्मेदवारी फिर्ता लिएर आफ्नो पार्टीलाई समर्थन गर्न आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्