Logo

कांग्रेसलाई एमालेको जवाफ: उपाध्यक्षको उम्मेदवारी तपाईंहरु फिर्ता लिनुस्, हाम्रोबाट हुँदैन



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राष्ट्रिय सभा उपाध्यक्षमा सत्ता गठबन्धनकी साझा उम्मेदवार विमला घिमिरेलाई सर्वसम्म निर्वाचित गराईदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि डाकिएको बैठकमा बोल्दै एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायालाई जवाफ दिँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । यसअघि बैठकमा बोल्दै कांग्रेसले उपाध्यक्ष आफ्नो दललाई दिन माग गरेको थियो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार रहेका छन् । घिमिरेलाई सत्ता गठबन्धनको समर्थन रहेको हुँदा उनी निर्वाचित हुने निश्चित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot