Logo

राजनीतिमा लागेको ३३ वर्षपछि घिमिरेको काँधमा राष्ट्रिय सभा उपाध्यक्षको जिम्मेवारी



काठमाडौं,२८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा सत्तारूढ दल नेकपा एमालेकी सांसद विमला घिमिरे निर्वाचित भएकी छन्।

राष्ट्रिय सभामा बुधबार भएको मतदानबाट घिमिरे ३९ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी हुन्।

उनलाई एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो।

घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा ३९ र विपक्षमा १६ मत परेको छ।

एमाले सांसद भगवती न्यौपानेले राखेको घिमिरेको प्रस्तावको पक्षमा प्राप्त भएको मत राष्ट्रिय सभाको मौजुदा संख्याको बहुमत रहेकाले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरे।

राष्ट्रिय सभा उपाध्यक्ष पदमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाएको थियो।

घिमिरेले आधारभूत शिक्षा अर्घाखाँचीको शारदा उच्च मावि र माविको अध्ययन बाँणगंगा मावि गजेहडा कपिलवस्तुबाट पुरा गरेकी हुन् । २०४९ सालमा साविकको मोतिपुर वडा नं.८ र हालको वाणगंगा नगरपालिकाको वडा नं ८ निवासी दुर्गाप्रसाद आचार्य सगँ प्रगतिशील विवाह गरेकी थिइन् । बाणगंगा नगरपालिका वडा ८ ढोडेकोलमा स्थायी बसोवास छ भने अस्थायी रुपमा काठमाडाैं महानगरपालिका  वडा नं. ३२ शंखमुलमा बस्दै आएकी छिन् ।  

२०७८ वैशाखमा उनी एमालेको कपिलवस्तु जिल्ला इन्चार्ज बनिन्। त्यसअघि उनी कपिलवस्तुको सहइन्चार्ज थिइन्।। ०७६ सालमा भएको राष्ट्रिय सभा निर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट लुम्बिनी प्रदेशकी उम्मेदवार बनेकी उनले नेपाली कांग्रेसकी उम्मेदवार गिरिजाकुमारी न्यौपानेलाई भारी मतले हराउँदै विजयी भएकी थिईन् । उनको कार्यकाल आगामी ०८२ फागुन २० गते सकिँदैछ ।

घिमिरे ०७४ सालको स्थानीय तह निर्वाचनमा कपिलबस्तुको वाणगंगा नगरपालिकाको प्रमुखमा झिनो मतले पराजित भएकी थिईन् । मेयरका उम्मेदवार नेपाली कांग्रेसका मंगलप्रसाद थारुले १७७२३ मत ल्याउँदा घिमिरेले १७३१९ मत ल्याएर ४०४ मतान्तरको साघुरो हार व्यहोरेकी थिईन् ।

२०४७ सालमा अनेमसंघ हुँदै राजनीति प्रवेश गरेकी घिमिरे २०७८ सालमा नेकपा एमाले केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

नवनिर्वाचित उपाध्यक्ष घिमिरेको राजनीतिक यात्रा 

२०४७ साल वैशाखमा अखिल नेपाल महिला संघ कोपवा गाउँ समिति सहसचिवबाट राजनीतिक  र सांगठनिक         यात्राको शुरुवात । 

२०४८ मा अनेरास्ववियु कपिलबस्तु जिल्ला कमिटी सदस्य

 २०४८ सालमा अनेमसघं  कपिलबस्तु जिल्ला तदर्थ समितिमा सचिब

२०४८ साल माघमा सम्पन्न अनेमसंघ कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा सचिवमा  निर्वाचित हुदै  २०५१ साल सम्म कार्यरत

२०५१ देखि २०५३ सम्म  नेकपा(एमाले) मोतिपुर गाउँ समितिको सचिब

२०४९मा सम्पन्न पार्टीको पाचौ महाधिवेशनमा प्रतिनिधि

२०४९ देखि २०५९ सम्म पार्टीको ईलाका कमिटी सदस्य

२०५४ सालमा पूनः अनेमसघं जिल्ला सचिव भई २०६२ सम्म जिम्बेवारी सम्हालेको

२०५९     सालमा नेकपा एमाले कपिलबस्तु  जिल्ला कमिटि सदस्य 

२०६९ देखि २०७९ सम्म अनेमसंघ केन्द्रीय कमिटी सदस्य

२०७१ मा नेकपा एमालेको नवौँ महाधिवेशनमा केन्द्रीय कमिटी उम्मेवार भई झिनो मतले  पराजित,  पार्टी केन्द्रीय स्कुल विभागमा मनोनित 

नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रका बीचमा पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी सदस्य 

२०७८सालमा सम्मन्न पार्टीको १० औ महाधिवेशनमा केन्द्रीय कमिटिमा निर्वाचित भई हाल  पोलिटब्युरो सदस्यकोको रुपमा कार्यरत 

२०७४ मा सम्पन्न स्थानिय तहको निर्वाचनमा बाणगंगा नगरपालिकाको प्रमुखमा उम्मेदारी र  झिनो मतान्तरले पराजित 

२०७६ मा लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचितराष्ट्रियसभामा दिगो विकास तथा सु–शासन  समितिमा सदस्य रही प्रदेश र स्थानीय तहहरूको अनुगमन तथा दिगो विकास लक्ष्यका बारेमा सहजीकरणमा महत्वपूर्ण भूमिका खेलेको 



प्रतिक्रिया दिनुहोस्