काठमाडौं,२८ चैत । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग २०७४’ को प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन बुधबार सार्वजनिक गरिएको हो । प्रतिवेदनमा सिफारिसअनुसार कारबाही प्रक्रिया तत्काल सुरु गर्ने मन्त्रालयले जनाएको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा सरकारले चिकित्सा शिक्षाका विकृति विसंगतिको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन तयार गर्न आयोग गठन गरेको थियो ।