Logo

‘इद-उल फित्र’ ले समाज र राष्ट्रको हितमा लाग्ने प्रेरणा दिने तरुण दल अध्यक्ष गुरुङको विश्वास



काठमाडौं, २९ चैत । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले मुसलमान जाती हरुले मनाउने महान पर्वको इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

देश तथा विदेशमा रहेका मुसलमान दाजु भाइ दिदी बहिनीहरु लाई शुभकामना दिदै अध्यक्ष गुरुङले हरेक जात धर्म र संस्कृतिको आफ्नै पहिचान र मौलिकता रहेको बताएका छ्न ।आफ्नो सामाजिक सन्जालबाट शुभकामना दिँदै अध्यक्ष गुरुङले यस खालको पर्वले सबैलाइ एकताको सुत्रमा बाधी समाज र राष्ट्रको हितमा लाग्ने प्रेरणा मिलोस् भनी बताएका छन् ।

अध्यक्ष गुरुङले यस किसिमको पर्वले आपसी भाइचाराको सम्वन्धलाइ प्रगाढ बनाउने भनी बताएका छन । एक महिना रोजा बसी मनाउने यो पर्वको अवसरमा नेपाल सरकारले आज देशभरी सार्वजनिक विदा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्