Logo

पोखरा महानगरकी सव-इन्जिनियरसहित २ जना अख्तियारको फन्दामा



काठमाडौं । कास्कीको पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुस रकम सहित पक्राउ परेका छन् ।

घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा महानगरपालिका वडा नं. ४ र सब-इन्जिनियर उषा किरण रोकायलाई पोखरा महानगरपालिका वडा नं। ५ बाट नियन्त्रणमा लिएर अनुसन्धानको काम भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्