Logo

गण्डकीको मुख्यन्यायाधिवक्तामा कृष्ण अधिकारी नियुक्त



काठमाडौं,२९ चैत । गण्डकी प्रदेशको मुख्यन्यायाधिबक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले उनलाई बिहीबारको प्रदेश मन्त्रिपरिषद्को बैठकका निर्णयका आधारमा नियुक्त गरेका हुन् ।

अधिकारी सोमबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको दाबी पेश गर्दा प्रदेशका सभामुखको पनि समर्थन लिएका उनलाई बिहीबार सर्वोच्च अदालतले दिर्घकालीन निर्णय नगर्न आदेश दिएको छ ।

निवर्तमान मुख्यमनत्री सुरेन्द्रराज पाण्डेको रिटमा सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले अधिकारीको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गर्दै वैशाख १० गतेलाई पूर्ण सुनुवाईमा पठाउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्