Logo

राजनीतिलाई मान्छेहरुले पेशाजस्तो बनाएः राजेन्द्र लिङ्देन



काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो दिनमा राजनीति विकृत बन्दै गएको बताएका छन् । आज (बिहीबार) काठमाडौँमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय राजनीति पेशा, व्यवसायजस्तो बनेको टिप्पणी गरेका हुन् ।

ृउनले गंगादेवी थपलियाले राजनीतिलाई पेशा नभएर सेवाको रुपा अवलम्बन गरेको बताए । साथै, राजनीतिमा लेखपढले मात्रै नहुने उनको भनाइ छ । ‘राजनीति लेखपढले मात्रै हुँदैन । राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृतजस्तो भएको छ । राजनीतिलाई मान्छेले व्यवसायजस्तो, छोराछोरी पाल्ने पेशाजस्तो मानिराखेको बेलामा, राजनीति गर्ने मान्छे भन्नेबित्तिकै मान्छे डराउने बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेशा होईन, सेवाको रुपमा अवलम्बन गर्नुभयो,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्