Logo

आफ्नैविरुद्ध प्रमाण सार्वजनिक गरेर पनि रविले ‘म सहकारी ठग होईन’ भनेः वाईसीएल अध्यक्ष शेर्पाली



काठमाडौं, ३० चैत । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुबोधराज शेर्पालीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले आफ्नो विरुद्धमा आफैंले प्रमाण सार्वजनिक गरेको टिप्पणी गरेका छन् । वाईसीएल अध्यक्ष शेर्पालीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलनमार्फत आफ्नो विरुद्धमा प्रमाण लाग्ने ल्याप्चे अनि अनि बैंक खातामा रकम आएको प्रमाण सार्वजनिक गरेको बताएका हुन् ।

विगतमा कतिपय हल्ला चलेको भरमा कारबाहीमा परेका र हल्ला चलेकै भरमा केहिले नैतिकता देखाउँदै राजीनामासमेत दिएको स्मरण गराउँदै उनले लामिछानेका विरुद्धमा प्रमाण नै रहेको अवस्थामा अपराधबाट उन्मुक्ति पाउन नहुने बताएका छन् । ‘वर्तमान गृहमन्त्री आफ्नै ल्याप्चे अनि अनि बैंक खातामा रकम आएको प्रमाण आफैंले पत्रकार सम्मेलनमा पेस गरेर पनि म सहकारीवाला होइन भन्छन् । भ्रष्टाचारमा जोडिएकाहरूले उन्मुक्ति पाउनु हुँदैन । किनकी उनीहरू समाजको लागि ठूला अपराधीहरू हुन्,’– अध्यक्ष शेर्पालीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

सुशासनसहितको समृद्धि हासिल गर्दै जनतालाई खुसी दिने हो भने कुनै पनि वहानामा भ्रष्टाचारका मतियारहरूले छुटकारा पाउन नहुने उनको भनाइ छ । नागरिक,नेता वा व्यापारी जो भएपनि भ्रष्टाचारीको कुनै लोगो नहुँदै बताउँदै उनले यस्ता कुकर्ममा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै जाने हो भने नैतिकता हराएको मुलुक भनेर अन्तराष्ट्रिय जगतले नेपालाई चिन्ने परिस्थिति निर्माण हुनेभ न्दै उनले चिन्ता व्यक्त गरेका छन् । साथै गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिनै पर्ने बताएका छन् । सहकारी पीडितहरुले रवि र जिबी प्रकृतिबाट न्याय पाउनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्