Logo

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत



काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । महराले आफूमाथि प्रदेश सभाको विश्वास छ भनि पेश परेको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । विश्वासको मतको विपक्षमा २८ मत परेको छ ।

८६ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गरेको थियो । त्यस्तै, ३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको छ भने ३ सिट नै रहेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए ।

महरा गत चैत २३ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रीय सरकारमा आएको उलटफेरको प्रभाव प्रदेश सरकारसम्म परेको थियो । मुख्यमन्त्री नियुक्त भएसँगै महराले एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका १/१ जना बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । विश्वासको मत पाएसँगै महराले केही दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्