Logo

तरुण दैनिक डटकमका सम्पादक महत सम्मानित



काठमाडौं,३० चैत । तरुण दैनिक डटकमका सम्पादक कालिका बहादुर महत सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १२औँ अधिवेशनका अवसरमा सम्पादक महतलाई सम्मानित गरेको हो ।

समकालीन मिडिया प्रा.लि.का अध्यक्षसमेत रहेका सम्पादक महतलाई शाखाका पूर्व कोषाध्यक्ष विशाल खत्रीको स्मृतिमा स्थापित गरिएको ‘विशाल खत्री पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको हो ।

महतलाई पुरस्कार राशीसहित सम्मानपत्रले सम्मान गरिएको शाखाका सचिव महेश गौतमले जानकारी दिए । पत्रकार महतलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदी र महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायतले सम्मान गरेका हुन् । अधिवेशनका क्रममा विभिन्न विद्यामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot