Logo

प्रहरी र सवारी चालकलाई लड्डु बाँड्दै गृहमन्त्री लामिछानेले गरे नयाँ वर्षको सुरूवात (तस्बिरहरु)



काठमाडौं,१ वैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाढेर नयाँ वर्ष ०८१को सुरुवात गरेका छन् ।

सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।

आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।

सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले लड्डु बाढेका थिए ।

नयाँ वर्ष मनाउने क्रममा गृहमन्त्रीको टोलीमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायतका प्रहरी अधिकृत सहभागी थिए ।

शुभकामना आदान प्रदानका क्रममा मन्त्री लामिछानेले कर्तव्य पालनामा कुनै कमी नगर्न प्रहरीलाई अनुरोध गरेका थिए ।

तस्बिर गृहमन्त्री लामिछानेको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot