Logo

पिएस समूहलाई झड्का दिँदै एमाले पवर्तको अध्यक्षमा कानूनमन्त्री गिरी समूहका पहाडी निर्वाचित



काठमाडौं,१ वैशाख । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी पदमपाणि शर्मालाई हराउँदै पहाडी निर्वाचित भएका हुन् ।

पहाडी संघीय सरकारका कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी निकटका व्यक्रि हुन् भने पराजित शर्मा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका नेता हुन् ।

शुक्रबार भएको निर्वाचनमा पहाडीले २२८ मत प्राप्त गरे । शर्माले १२७ मत ल्यााए ।

उपाध्यक्षमा विमल लामिछाने २१७ मतसहित निर्वाचित भए । १८८ मतसहित सुवासचन्द्र पौडेल सचिवमा निर्वाचित हुँदा उनका प्रतिष्पर्धी शिवप्रसाद पौडेलले १७२ मत पाए । उपसचिव खुलामा चण्डीप्रसाद भुर्तेलले जीवनविक्रम उचैलाई पराजित गरे। भुर्तेलले १८८ र उचैले १७२ मत प्राप्त गरेका थिए ।

महिलातर्फ उपसचिवमा विन्दु अधिकारी २१६ मतसहित विजयी बनिन् । प्रतिष्पर्धी सरिता भण्डारीले १४५ मत पाइन् ।

एमाले पवर्तमा कानूनमन्त्री गुरुङले आफ्नो प्रभावलाई बढाउँदै लगेका छन् । लगातार दोस्रो पट संघीय संसदमा निर्वाचित हुँदै एमालेको प्रमुख सचेतकसमेत बन्न सफल भएका गिरीले प्रदेश सभामा समेत दुवै क्षेत्रमा एमाले उम्मेदवारलाई जिताएका थिए ।

जिल्लामा एकाएक आफ्नो प्रभाव बलियो बनाउँदै लगेका उनलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिना लगायतको समूहले रोक्ने प्रयास गरेको थियो । यसअघि जिल्ला अधिवेशनअघिनै तिमिल्सिनाको समूहले गिरी निकटका व्यक्तिलाई प्रतिनिधि बन्नबाटै रोक्ने प्रयास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot