Logo

प्रतिनिधि सभाको बैठक जारी, कांग्रेसको विरोध कायमै (LIVE)



काठमाडौं, २ वैशाख । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संसद्को हिउँदे अधिवेशन अन्तर्गतको अन्तिम बैठक जारी रहेको हो । सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरिसकेको छ। आज रातिबाट अधिवेशन अन्त्यका लागि सिफारिस भएको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्