Logo

कैलाश चौधरीलाई सुदूरपश्चिको मुख्यमन्त्री बनाउने रञ्जिताको निर्णय



काठमाडौं, २ वैशाख । सत्तारुढ गठबन्धन दलहरु सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिन तयार भएका छन् । आज (आइतबार) प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ दलको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति जुटेको हो ।

नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अगाडि सारेको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाशलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेकी हुन् ।

मुख्यमन्त्रीको आकांक्षीमा नाउपाबाट लक्ष्मण किशोर चौधरी र कैलाश थिए । दुईमध्ये रञ्जिताले कैलाशलाई अवसर दिन लागेकी हुन् ।

‘माननीय लक्ष्मणजी र म आकांक्षी थियौं । उहाँ (रञ्जिता) ले मलाई अगाडि सार्ने निर्णय गरिसक्नु भएको छ,’– रिपोर्टर्स नेपालसँग कैलाश चौधरीले भने ।

सुदूरपश्चि प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज बेलुकादेखि सकिँदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र नै मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्