Logo

सुदूरपश्चिममा माधव नेपालको ‘मुभ’ ओली-प्रचण्डको टाउको दुखाइ, बालुवाटारमा आकस्मिक भेला



काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । प्रदेश प्रमुखले दिएको समय सीमा सकिन केही घण्टा बाँकी रहँदा पनि कसले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भन्ने निर्णय भइसकेको छैन । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सदूर सरकार गठनको विषयलाई लिएर सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन गर्न सहमति जुटेको थियो । तर, बैठकबाट बाहिरिएपछि माधव नेपालले असन्तुष्टि जनाएका छन् । सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) को ४ सिट छ ।

सुदूरमा नेपाली कांग्रेसले समेत नयाँ समीकरण बनाएर सरकारमा दाबी पेश गर्ने तयारी गरेको छ । यसरी तयारी भइरहँदा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेसका नेताहरुलाई साथ दिने तयारी थालेका छन् । कूल ५३ सदस्यी प्रदेश सभामा कांग्रेसका १७ सांसद छन् । अध्यक्ष नेपाल नेतृत्वको एकीकृत समाजवादीको ४ सांसद, त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षधर सांसदहरु ४ लगायत सांसदको बहुमत जुटाएर सरकारको दाबी पेश गर्ने तयारी भइरहेको छ ।

यसरी नाउपाका रेशम पक्षधर र अध्यक्ष रञ्जिता चौधरी पक्षधर सांसदहरु विभाजित हुँदा सरकारको दाबी थप अन्यौलग्रस्त भएको छ । सरकारमा दाबी गर्न कांग्रेसले बहुमत पुर्याउने कसरत गरिरहँदा ओली– प्रचण्ड झस्किएका छन् । ओली–प्रचण्ड पुनः आकस्मिक छलफलमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्