Logo

सुप्रिम सहकारी ठगी प्रकरणः प्रहरीले बुझायो प्रतिवेदन, जिवीसहित २८ जनालाई प्रतिवादी बनाउन सुझाव



काठमाडौं, २ वैशाख । बुटवलस्थिति सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ ।अनुसन्धान पूरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । उक्त सहकारी ठगी प्रकरणमा प्रहरीले सहकारी ठगी प्रकरणमा फरार जिबी राईसहित २८ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

प्रतिवादी बनाउन राय दिइएका २८ जनाबाट ८६ करोड १८ लाख बिगो दाबी गरिएको छ । उक्त सहकारी ठगी प्रकरणमा मुछिएका मध्ये पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि छन् । उनी यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रहरी प्रतिवेदनले प्रतिवादी बनाउन सिफारिस गरेको अन्यमा सोही सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, भवीश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठलगायत रहेका छन् ।

प्रतिवादी बनाउनका लागि प्रहरीले किटान गरेका यी केही व्यक्तिहरु पोखरास्थिति सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत जोडिएका छन् ।



प्रतिक्रिया दिनुहोस्