Logo

एमालेको निश्कर्षः सरकारका प्रारम्भिक गतिविधिहरु सकारात्मक छन्



काठमाडौं, २ वैशाख । नेकपा (एमाले) ले सरकारका प्रारम्भिक गतिविधिहरु सकारात्मक रहेको निश्कर्ष निकालेको छ । आज (आइतबार) बसेको केन्द्रीय सचिवालयको ३१औं बैठकले सरकारको प्रारम्भिक गतिविधि सकारात्मक रहेको र अझ जनतामाझ विश्वास जगाउने काम गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

‘सरकारका प्रारम्भिक गतिविधिहरु सकारात्मक छन् । अझ बढी जनतालाई विश्वास जगाउने गरी अझ गति ल्याओस् भन्ने पनि हाम्रो अपेक्षा छ,’– पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय सुनाउँदै भने ।

बैठकमा वैशाख ८ र ९ गते पार्टीले गर्न लागेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठकका एजेण्डाहरुको बारेमा पनि छलफल भएको उनले बताए । महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक ८ गते सनराइज हल गोदावरीमा बस्ने छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्