Logo

शिक्षक सरुवा मापदण्डका लागि शिक्षामन्त्री श्रेष्ठले मागिन् सुझाव



काठमाडौं, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक सरुवा मापदण्ड तयार गर्नका लागि सुझाव मागेकी छन् । उनले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेर सुझाव माग गरेकी हुन् ।


मन्त्रालयले शिक्षक सरुवा मापदण्ड बनाउने तयारी गरेको छ । शिक्षकहरुको जिल्लान्तर सरुवाका बारेमा उनले विज्ञसँग दोस्रो चरणमा सुझाव मागेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्