Logo

निलम्बित न्यायाधीश गिरी कारगार चलान



काठमाडौं, ३ वैशाख । बैबाहिक बलात्कारको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरी डिल्लिबजार कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका आत्मसमर्पण गरेका गिरीलाई डिल्लिबजार कारागार पठाउन आदेश दिइएको हो ।

यसअघि धरौटीमा थुनाबाहिर नै रहेर मुद्दाको पुर्पक्ष गरिरहेका गिरीलाई गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको थियो ।

गिरीविरुद्ध उनकी श्रीमती आरती रावलले बैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिईन् । आफूलाई घरेलु हिंसा, यौनशोषण र अप्राकृतिक मैथुन गरेको आरतीको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्