Logo

सरकारबाट बाहिरिने एकीकृत समाजवादीको चेतावनी



काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाए अन्य प्रदेशमा पनि विद्रोह गर्ने चेतावनी दिएको छ । आफूहरु गठबन्धनप्रति इमानदार हुँदाहुँदै पनि सत्तारुढ दलका नेताहरु सहमति कार्यान्वयनमा इमानदार नभएको समाजवादीको बुझाइ छ ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफूहरुलाई सुदूरपश्चिममा मुख्यमन्त्री दिने भनेर झुक्याइएको बताए । सत्तारुढ दलका शीर्ष नेताहरुको व्यवहार नसुध्रिए सबै प्रदेश र संघीय सरकारमा पनि विद्रोह सुरु गर्ने उनले बताए ।

‘सहकार्यमा धोका हुन थालेपछि हामीले प्रतिकात्मक विरोध स्वरुप सुदूरपश्चिममा यो काम सुरु गरेका छौं । यदि व्यवहार सच्चिदैन भने सबै प्रदेशहरुमा पनि यो गतिविधि दोहोरिन सक्छ । संघीय सरकारबाट बाहिर निस्कन पनि कुनै आपत्तिको कुरा होईन । केही पनि हुनसक्छ,’– प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

हिजोका तिक्त सम्बन्ध विर्सेर आफूहरु गठबन्धनमा सहभागी नभएको उनको भनाइ छ । उनले आफूहरुले गठबन्धन बनाउँदाखेरी नै यसलाई जोगाऔं, बलियो बनाऔं, वामपन्थीहरुको संख्या अलिधेरै भएकाले कोशिस गरौं भनेर जोडिएको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot