Logo

सत्तारुढ गठबन्धन विरुद्ध चलखेल सुरुः कांग्रेस-एमालेको सरकार बनाउन गगनको प्रस्ताव



काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुसँग मिलेर सरकार बनाउन नेकपा (एमाले) लाई प्रस्ताव गरेका छन् । आज (मंगलबार) पार्टीको संवाद यात्राका क्रममा धनगढी पुगेका महामन्त्री थापाले साना दोकान बन्द गराएर एमाले–कांग्रेस मिलेर सरकार बनाउन उपयुक्त हुने धारणा राखेका हुन् ।

साथै, उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादतर्फ लक्षित गर्दै साना पार्टीका कारण घर झगडा बढिरहेको टिप्पणी गरे । उनले आगमी ०८४ को निर्वाचनमा एमाले–कांग्रेस कसैले पनि गठबन्धन गर्न नहुने बताए ।

‘अब नेपाली कांग्रेसले त गर्दै गर्दैन, एमालेले पनि गर्दैन । निर्वाचन प्रणाली बदल्नु पर्छ । त्यसको लागि कांग्रेस–एमाले मिल्नुपर्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot