Logo

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, ४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियारले ठूलीभेरी नगरपालिका–३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त प्रकरणमा अख्तियारले तत्कालीन कार्यालय प्रमुख आचार्य, सब–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरूङ र कोषाध्यक्ष विश्वनाथ शाहीलाई प्रतिवादी बनाएको छ ।

उनीहरुले २०७६/०७७ मा ठूलीभेरी नगरपालिका(३ दुनै,डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाइ बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिनेर लिने काम गरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्