Logo

सुदूरपश्चिममा ब्याक भयो एकीकृत समाजवादी



काठमाडौं, ४ वैशाख । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

आज (मंगलबार) प्रदेश प्रमुख नजीर मियाँलाई भेटेर उनले समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् । उनले समर्थन फिर्ता लिएसँगै सुदूर सरकार गठनको कोर्ष उलटफेर भएको छ ।

सत्तारुढ गठबन्धन दलहरुसँग असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीले नेपाली कांग्रेसहितको गठबन्धनबाट सुदूरपश्चिममा सरकार बनाउने प्रयास गरेको थियो । आज विहान एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेसँगै संसदीय दलका नेता सोडारी ब्याक भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot