Logo

गृहमन्त्री लामिछानेको प्रश्नः जिबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?



काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट आफूले ऋण नलिएको दाबी गरेका छन् । आफ्नो नाममा कसैले नक्कली धितो खाता खोलेर ऋण लिएको उनको भनाइ छ । उनले उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तिनपुस्ते विवरण, ल्याप्चे, हस्ताक्षरसमेत नरहेको उनको दाबी छ । गृहमन्त्री लामिछानेले रकम जम्मा गर्नेले कसैले नाम लेखिदिनु भनेको भरमा नाम उल्लेख गरिदिएको भनेर स्पष्टसँग भनिसकेको उनको भनाइ छ । आफूले उक्त सहकारीबाट ऋण नलिएको, व्यक्तिगत खातामा नआएको उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेले जिबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ? के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र ? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै केही छ ? म जीबी राईले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिए ? कि म दुई चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ ?



प्रतिक्रिया दिनुहोस्

Screenshot