Logo

शिक्षा मन्त्रालयको परिपत्रः ‘दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्नु’



काठमाडौं, ५ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्न परिपत्र गरेको छ । मन्त्रालयले कारबाहीका लागि मानव स्रोत विकास केन्द्र (सीएचआरडी) लाई परिपत्र गरेको हो ।

केही समयअघि शिक्षामन्त्री सुमना श्रेष्ठले दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने निर्णय लिएकी थिईन् । मन्त्रालले दलमा आवद्ध भएका र सदस्यता लिएका शिक्षकहरुको विवरण सीएचआरडीलाई पठाइसकेको छ ।

शिक्षा ऐनमा रहेको व्यवस्थाअनुसार नै दलमा आवद्ध भएका शिक्षकहरुबारे अनुसन्धान गरेर कारबाहीको तयारी थालिएको हो । शिक्षा ऐनमा ‘शिक्षक वा कर्मचारी राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ सम्मको व्यवस्था रहेको छ ।

मन्त्रालयको परिपत्रपछि सीएचआरडीले शिक्षा विकास तथा समन्वय इकाइलाई दलमा आवद्ध भएको शिक्षकमाथि छानविन र अनुसन्धान गर्न परिपत्र गर्नेछ । त्यसपछि इकाइले दलमा आवद्धता रहेका शिक्षकमाथि अनुसन्धान गरेर कारबाहीका लागि प्रदेश शिक्षा निर्देशनालयलाई परिपत्र गर्नेछ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्