Logo

जसपाले राष्ट्रिय महाधिवेशनको तयारीलाई तीब्र बनाएको छः पूर्ण बस्नेत



काठमाडौं, ५ वैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तीब्रता दिएको बताएका छन् । उनले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तीब्रता दिएको बताएका हुन् ।

उनकाअनुसार सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ । त्यस्तै, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ ।

महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रवन्ध मिलाउने लगायतका कार्य भइरहेको उनले बताए । महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार-प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठक बुधबार दिउँसो २ बजे बोलाइएको उनले बताए । जसपाको राष्ट्रिय महाधिवेशन जेठ २८, २९ र ३० गते हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्