Logo

गण्डकीमा संसद् अधिवेशन आह्वान



काठमाडौं, ५ वैशाख । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी वैशाख ७ गतेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सभाको नियमित अधिवेशनअन्तर्गत आह्वान गरिएको बैठक ७ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । सोही दिन प्रदेश प्रमुख खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रस्ताव पेश गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्