Logo

मन्त्री सुमनाको ‘टालेको सर्ट’ बारे ज्ञानबहादुरको सुझाव: ‘केरा,भोर्ला र अमलिसोको स्याउला ओडेर घरदैलो गर’



काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहिरनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आक्रम अभिव्यक्ति दिएका छन् । इलाम–२ को चुनावी अभियानका क्रममा मन्त्री सुमनाले लगाएको ‘च्याचिएको सर्ट’ लाई लिएर उनले अब केरा,भोर्ला र अमलिसोको स्याउला ओडेर घरदैलो गर्न सुझाव दिएका छन् । अमेरिकको कलेजमा ७६ लाख ५४ हजार १५२ रुपैयाँ शुल्क तिर्न सक्नेले तीन सय ५० रुपैयाँको सर्ट किन्न सकिँदैन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । साथै, सुमनाले काठमाडौंको फाइभ स्टार होटलमा विदेशी श्रीमानसँग दिनकै २० हजारको डिनर गरेको उनको आरोप छ । उनले सुमनाका पछिल्ला क्रियाकलापलाई नाटकको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ः

सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि- फेरि गाडी चढ्ने सक्ने, एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले, साथै मन्त्रीको रुपमा करिब महिनाकै ९० हजार तलब खानसक्ने र काठमाडौको ५ स्टार होटलमा बिदेशी श्रीमानसँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने, एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा -सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होईन ? तिमहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन ?

तिमीहरु यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकि टोपलेको छौ रे बरु च्यातिएको सट लागाएको नाटक गर्नु भन्दा त केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरन इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाईने जनाताले बिजोग भएछ भनेर मतदानसङै कपडा दान पनि गर्नेछन । अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुगनेछ । तिम्रा रगरग ।



प्रतिक्रिया दिनुहोस्

Screenshot