Logo

दीर्घ सोडारीलाई मुख्यमन्त्री स्वीकार गर्न सकिँदैन, एकीकृत समाजवादीले उपयुक्त पात्र अघि सार्नुपर्छः कर्ण थापा



काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता कर्ण थापाले सुदूरपश्चिमको मुख्यमन्त्रीका नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारीलाई पार्टीले समर्थन गर्न नसक्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेका नेताहरुले समाजवादीलाई नै मुख्यमन्त्री दिँदा पनि अर्को उपयुक्त पात्र हुने पर्ने माग राखेको बताए ।

‘मुख्यमन्त्री हुन उपयुक्त व्यक्ति हुनुपर्छ । उसको आचरण, उसको विगत र वर्तमान सबैलाई स्वीकार्य हुनुपर्छ भन्ने कुरा उठेको छ । समाजवादीले बनाएर बन्ने हो भने जसलाई बनाए पनि भयो । अरुको पनि साथ, समर्थन चाहिने हो भने सहयोग हुने स्थिति बन्नुपर्छ । ती व्यक्ति (दीर्घ सोडारी) का बारेमा एमालेले मात्रै होईन, समाजवादीले पनि उपयुक्त पात्र होईनन् भन्ने विषय उठाइराखेको छ । समाजवादीलाई नै दिने हो भने अरु कुनै व्यक्ति हुनुपर्छ भन्ने छलफल चलिरहेको छ,’– उनले भने ।

सुदूरपश्चिम सरकारको दाबी प्रस्तुत गर्न प्रदेश प्रमुखले पछिल्लो पटक दिएको समय पनि आज बेलुका ५ बजे सकिँदै छ । बहुमतको सरकारका लागि दाबी पेश हुन नसकेमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल दलका संसदीय दलका नेताले सरकार गठनका लागि दाबी पेश गर्ने बाटो खुल्ला हुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot