Logo

संकल्प प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप



काठमाडौं,६ वैशाख । नेकपा एमाले कोशी प्रदेशले प्रदेश सभामा पेश हुन लागेको संकल्प पूस्तावको पक्षमा मतदान गर्न आफ्नो सांसदलाई ह्वीप जारी गरेको छ । आज बसेको एमाले प्रदेश संसदीय दलको बैठकले ह्वीप जारी गनेृ निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभाको आज बस्ने बैठकमा पेश हुँदैछ । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव आजको प्रदेशसभामा पेस हुन् लागेको हो ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गर्न लागेका हुन्। यसअघि उनीहरूले गत सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए।



प्रतिक्रिया दिनुहोस्