Logo

अल्पमतमा मुख्यमन्त्री कार्कीः ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै



काठमाडौं, ६ वैशाख । कोशी प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रदेश सभाको बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेश गरेका छन् । एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारी प्रस्तावक तथा माओवादी केन्द्रमा गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलाल समर्थक रहेको उक्त प्रस्ताव पेश भएसँगै बैठक भोलि ११ बजे सम्मका लागि स्थगित भएको हो ।

यसैबीच प्रदेश सभाको बैठकमा बहुमत सांसदहरु प्रतिपक्षी बेञ्चमा बस्दा सत्तापक्षमा बस्ने सांसदहरु अल्पमतमा परेका छन् ।प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद रहेको दल विपक्षी बेन्चमा बसेका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद रहेका दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तर, सत्ता पक्षसँग ३३ जनाको मात्र समर्थन रहेको छ ।

मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संसदमा संकल्प प्रस्ताव पेस गर्न लागेका हुन्। यसअघि उनीहरूले गत सोमबार प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका थिए। जुन आजको प्रदेश सभा बैठकमा पेश भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot