Logo

नेविसंघको ५५औं स्थापना दिवसः देशभरका स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन-पत्र



काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा नेविसंघले देशभरका सबै स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहित ज्ञापन-पत्र बुझाएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ५५औं स्थापना दिवसको अवसरमा शैक्षिक सुधारका लागि सुझावसहित ज्ञापन-पत्र बुझाइएको बताए । अहिले इलाममा रहेका अध्यक्ष शेर्पाले इलाम नगरपालिकाका मेयर केदार थापालाई ज्ञापन-पत्र बुझाएका छन् ।

साथै, सबै पालिकामा नेविसंघले शैक्षिक सुधारको सुझावसहित ज्ञापन-पत्र बुझाइसकिएको बताए । ज्ञापन-पत्रमा १७ बुँदामा माग र सुझावहरु समेटिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot