Logo

बेसीशहर नगरपालिकाले जबरजस्ती ब्यक्तिको जग्गा हडपेको आरोप



काठमाडौं, ६ वैशाख । लम्जुङ जिल्ला, बेसीशहर नगरपालिका–९ का अमृत अर्यालले आफ्नो निजी सम्पत्तिमाथि नगरले हस्तक्षेप गरेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूहरुलाई थाहै नदिई नगरपालिकाले बाटो विस्तार गरेको बताएका हुन् । उनले निजी सम्पत्तिमाथिको अधिकार हनन् भएको बताए ।

आफूहरुलाई थाहै नदिई बाटो विस्तार गरेको बारे नगरमा कुरा राख्दा उल्टै अपमानित हुनुपरेको उनले दुःखेसो पोखे । पीडित अर्यालले बताएअनुसार उक्त बाटो विस्तारको विषयलाई लिएर उनको घरपरिवारलाई निरन्तर दबाव आइरहेको छ ।

‘विगतका दिनहरुमा नगरपालिकाको योजनामा परेका बाटाहरुमा मेरो घर परिवारलाई थाहा नदिई मेरो र मेरो परिवारको नाममा भएको जग्गा एकलौटी तरिकाले मिच्ने काम भइरहेको छ ।’ उनले भने, ‘त्यहाँ गएर बोल्दाखेरी अधिकार नै छैन भन्छन् । मलाई बारम्बार विभिन्न किसिमका तनाव दिने, धम्की दिने, आरोप लगाउनेलगायतका काम भइरहेको छ । मेरो आमालाई अनेक किसिमका मानसिक पीडा दिने काम भइरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot