Logo

नेविसंघले काठमाडौं महानगरलाई बुझायो शैक्षिक सुधारका लागि सुझावसहित ज्ञापन-पत्र



काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५५औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा नेविसंघले देशभरका सबै स्थानीय तहलाई शैक्षिक सुधारका लागि सुझावसहित ज्ञापन-पत्र बुझाएको छ ।

यसैबीच नेविसंघले काठमाडौं महानगरपालिकालाई पनि ज्ञापन-पत्र बुझाएको छ । ज्ञापन-पत्रमा १७ बुँदामा माग र सुझावहरु समेटिएका छन् ।

नेविसंघका प्रतिनिधिहरुले काठमाडौं महानरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भेटेर ज्ञापन-पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रशासकीय प्रमुख परियारले ज्ञापन-पत्रमा उल्लेख भएका सकारात्मक सुझावहरुलाई कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्