Logo

नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौँ, ६ वैशाख । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलेको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए ।

संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गरेका थिए ।

यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहेका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिुकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot