Logo

जसपाको महाधिवेशन एकताको महाधिवेशनः अध्यक्ष यादव



काठमाडौं, ६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ । बालकुमारीमा प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतको अध्यक्षतामा बसेको प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीको आगामी महाधिवेशन एकताको महाधिवेशन हुने बताएका हुन् ।

जसपा विभिन्न राजनीतिक दल, घटक सङ्गठन, मोर्चा, आन्दोलन र अभियान मिलेर बनेको भन्दै अध्यक्ष यादवले एकता महाधिवेशनले सबैको भावना समेट्ने बताए ।

त्यस्तै, अध्यक्ष यादवले महाधिवेशन केन्द्रित प्रचार प्रसारका सामग्रीहरु प्रचार, प्रसार र प्रशारण गर्दा एकताको भावना झल्कने गरी गर्न गराउनसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot