Logo

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् विस्तार



काठमाडौं, ६ वैशाख । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको बनेका छन् । त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले पाएकी छन् ।

साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हुन् भने लुङ्गेली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदेशसभा सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट र राज्यमन्त्री थापाले मुख्यमन्त्री यादवबाट आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot