Logo

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारः नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री महराले ७ जना मन्त्री नियुक्त गरेर ११ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री महराले एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारी मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री महराले यसअघि एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरिसकेका थिए । यसअघि नियुक्त भएका मन्त्रीत्रय आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot