Logo

शान्तिपूर्ण विद्रोहबाट नै वर्तमान व्यवस्था सुधार गर्छौंः स्वर्णिम वाग्ले



काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै वर्तमान व्यवस्थामा सुधार ल्याउने बताएका छन् । आज (बिहीबार) इलाम–२ को उपनिर्वाचनको सन्दर्भमा आयोजित इलाम संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले एक थोपा पनि रगत नबगाइ शान्तिपूर्ण रुपमा वर्तमान व्यवस्थाको सुधारका लागि प्रयास गर्ने बताएका हुन् ।

‘यही सिस्टममै टेकेर, उथलपुथल गरेर, विध्वंस निम्त्याएर होईन, एक थोपो रगत नबगाइकन शान्तिपूर्ण विद्रोहबाट नै हाम्रो संख्या र सामथ्र्य पुगेको दिन सुधार गर्छौं,’– उनले भने ।

साथै, उनले सांसदहरुको संख्या धेरै भएको बताए । सांसदको संख्याअनुसार काम नदेखिइएको उनको भनाइ छ । उनले यसलाई परिवर्तन गर्नुपर्ने आश्यकता औंल्याए । यही संविधानमा लेखिएका धाराहरुमा टेकेर रास्वपाले प्रदेशिक संरचनालाई सुधार गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्