Logo

फाइनल पुग्न नेपालले दियो यूएईलाई १२० रनको सामान्य लक्ष्य



काठमाडौं,७ वैशाख । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन जोड्यो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।

गुल्सन झाले १६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडे। 

नेपालका ओपनर कुशल भुर्तेल रोयल डक भए। कुशल भुर्तेल इनिङ्ग्सकै पहिलो बलमा शून्यमा आउट भए। भुर्तेललाई युएईका जुनइद सिद्धिकीले विकेटकिपर सइद हैदरबाट क्याच गराए।

यस्तै अर्का ओपनर आसिफ शेख ८ रन जोडेर चौथो ओभरमा आउट भए। कप्तान रोहित पौडेल सातौं ओभरको अन्तिम बलमा १८ बल खेलेर ५ रनमा आउट भए।

दशौं ओभरमा कुशल मल्ल ३ रनमा, दीपेन्द्रसिंह ऐरी १४औं ओभरमा ५ रनमा र सोमपाल कामी १६औं ओभरमा २ रनमा आउट भए। करण केसीले १२ बलमा २ चौकाको मद्दतमा १७ रन जोडे। 



प्रतिक्रिया दिनुहोस्

Screenshot