Logo

बाबुरामको पार्टीले बझाङको उपनिर्वाचनमा भोट नहाल्ने



काठमाडौं । आसन्न उपनिर्वाचनमा इलाम-२ मा पहिचानवादी डेकेन्द्रसिंह थेगिमलाई समर्थन गरेको डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बझाङ प्रदेश सभा ख मा भने भोट नहाल्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा क्षेत्र नं १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय गरेको हो ।

दुई दिन बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

प्रवक्ता कृष्ण शर्माका अनुसार बैठकले जनजीविकाका सावाल र समसामयिक राजनीतिक मुद्दाहरूलाई लिएर विभिन्न अभियानहरू सञ्चालन गर्ने नीति, विचार कार्यक्रम र मुद्दा मिल्ने शक्तिहरूसँग राजनीतिक संवाद गर्न समिति गठन गरेको छ।

समितिमा प्रवक्ता शर्मासहित सोना सिं स्याङतान र मानुषी यमि भट्टराई रहेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot