Logo

नेपालका ६ महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने



काठमाडौं,८ वैशाख । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मासहित ६ जना क्रिकेटरले मलेसियन सुपर वुमन्स कप-२०२४ खेल्ने भएका हुन् ।

क्यानका अनुसार कप्तान इन्दुसहित रुविना क्षत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियन सुपर वुमन्स कप खेल्ने पक्का भएको हो ।

मलेसियन सुपर महिला कप-२०२४ मलेसिया क्रिकेट संघको आयोजनामा हुन लागेको छ । प्रतियोगिता २४ अप्रिलदेखि ५ मेसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्