Logo

सनराइज हलमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक (तस्बिरहरु)



काठमाडौँ, ८ वैशाख । नेपाल एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षतासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गरेका हुन् ।

महाधिवेशन पछिको दोस्रो ठूलो निकायका रुपमा रहेको यस बैठकले राजनीतिक, साङ्गठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गर्नेछ । बैठकमा करिब दुई हजार पाँच सय सहभागी छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot