Logo

अमेरिका उडे गगन थापा



काठमाडौं । वैशाख १५ गते हुने इलाम-२ र बझाङ प्रदेश सभा (ख)को उपनिर्वाचनको चटारोबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका प्रस्थान गरेका छन् ।

शनिबारमात्र इलाम २ को चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका महामन्त्री थापा रातीनै अमेरिका उडेका हुन् ।

सोमबार थापाले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै छन् ।

त्यसो त, थापाका परिवारको विभिन्न सदस्यहरु अमेरिकामै रहँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्