Logo

यस्ता छन् उपकूलपति बरालले देखेका त्रिविका सवल र दुर्वल पक्षहरु



काठमाडौं,९ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. केशरजंग बरालले त्रिवि सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सोचपत्र सार्वजनिक गरेका छन् ।

उपकूलपतिमा नियुक्त भएपछि बरालले त्रिविको यथार्थलाई समेटेर सोचपत्र सार्वजनिक गरेका हुन् । उनले सोचपत्रमा त्रिविमा देखिएका विभिन्न समस्या र समधानका उपायसँगै त्रिविलाई रहेको अवसरसमेत उल्लेख गरेका छन् ।

२३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच–पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिता; विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता; आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण; विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने; र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अबधारणा राखेका छन् ।

उनले सोचपत्रमा विद्यार्थीहरूको उत्तीर्ण दर कम हुनु, विश्वविद्यालयको शैक्षिक पात्रो नहुनु, समयमा परीक्षा र परीक्षाफल प्रकाशन नहुनु तथा तोकिएको समयमा शैक्षिक कार्यक्रम नसकिनुले विश्वविद्यालयको गुणस्तर खस्किएको संकेत गरेको स्वीकारेका छन् ।

त्रिवि र यसका आंगिक क्याम्पसहरू भौतिक रूपमा सम्पन्न भए पनि त्यसको परिचालन र व्यवस्थापन हुन नसकेको उनले स्वीकार गरेका छन् । उपयोग नभएका उपलब्ध भौतिक सुविधाको अधिकतम उपयोग गर्न विद्यार्थीहरूका लागि कमाउ र पढ भन्ने अवधारणा ल्याइने बरालले उल्लेख गरेका छन् ।

उनले विद्यार्थीहरूबाट उठाइने उठाइएको शुल्क जुन प्रयोजनका लागि उठाइएको हो सोही प्रयोजनमा पारदर्शी रूपमा गरिने पनि जनाएका छ । बरालले आफ्नो सोचपत्रमा अनुसन्धान र परामर्शमा शिक्षक र विद्यार्थीहरूलाई संलग्न गराउन अनुसन्धान र परामर्शको कार्यलाई संस्थागत गर्ने पनि उल्लेख गरेका छन् ।

उपकूलपति बरालले सोचपत्रमा विभिन्न कारणले गुणस्तर खस्कँदै गएको त्रिविका सवल र दूर्वल पक्षहरु पनि उल्लेख गरेका छन् ।

उनले उल्लेख गरेका त्रिविका सवल पक्षहरु यस्ता छन् ।

  • केन्द्रीय कार्यालय, संकाय, अध्ययन संस्थानहरू, अनुसन्धान केन्द्र तथा अन्य कार्यालयको लागि आवश्यक जग्गा र भौतिक सुविधा सापेक्ष रुपमा पर्याप्त
  • आवश्यक शिक्षक आवश्यक्ता अनुरुप उपलब्धता
  • शैक्षिक कार्यक्रमहरूमा विविधिकरणतुलनात्मक रुपमा धेरै विद्यार्थी संख्या
  • -विश्वविद्यालय र आङ्गिक क्याम्पसहरूको जग्गा व्यवसायिक रुपले महत्वपूर्ण स्थानमा भएकोले आय आर्जन गर्ने उद्देश्यले जग्गाको उपयोग गर्न सकिने
  • भौगोलिक र प्रादेशिक रुपमा आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको व्यापकता
  • उच्च शिक्षाको ब्राण्ड, अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त र अन्तर्राष्ट्रिय सञ्जाल

उपकुलपति बरालले औल्याएका त्रिविका दुर्वल पक्षहरु

  • विश्वविद्यालयको पदाधिकारीहरूको नियुक्ती प्रणालीगत रुपमा नहुनु
  • विश्वविद्यालयको कमजोर शैक्षिक र परीक्षाको व्यवस्थापन
  • विश्वविद्यालयमा आवश्यक जनशक्तीको उचित व्यवस्थापन नहुनु
  • विश्वविद्यालयलाई परीणाममुखी र उत्पादनमुखी अनुसन्धानको लागि आवश्यक बजेटको अभाव
  • शिक्षकहरूको र पठनपाठनको लागि आवश्यक न्यूनतम भौतिक सुविधाको अभाव
  • नेपाल सरकारको अनुदानमा अधिक्तम निर्भर हुनुर आन्तरिक स्रोत परिचालन कमजोर हुनु
  • विद्यार्थीहरूलाई तोकिएको समय भित्र प्रभावकारी रुपमा गुणस्तरीय शिक्षा दिन नसक्नु
  • विश्वविद्यालयमा ज्ञान र प्रविधिको उत्पादन र हस्तान्तरणको अभाव
  • विश्वविद्यालयको अध्ययन र अध्यापन उत्पादन र बजारसंग नजोडिनु
  • शैक्षिक र प्रशासनिक व्यवस्थापन कमजोर हुनु
  • राजनैतिक हस्तक्षेप, विद्यार्थी, शिक्षक र कर्मचारीहरूमा दलिय राजनीतिको कारणले गर्दा उचित शैक्षिक वातावरण नहुनु

बरालले देखेका त्रिविले सामना गरिरहेका चुनौतीहरु

  • दलिय राजनैतिक हस्तक्षेप र दलिय भातृसंगठनहरू र पेशागत संगठनहरूको हस्तक्षेप
  • स्वदेशी र विदेशी विश्वविद्यालयहरूसंगको प्रतिष्पर्धा
  • उच्च शिक्षा पढ्ने उमेर (१८ वर्ष देखि २२ वर्ष) को जनसंख्या उच्च शिक्षाको साथसाथै रोजगारको लागि विदेशिने संख्या बढ्दै गएको कारण घट्दो विद्यार्थी संख्या
  • वित्तिय समस्या



प्रतिक्रिया दिनुहोस्

Screenshot