Logo

कूल विद्यार्थीको ७९ प्रतिशत भार बोकेको त्रिविको उत्तीर्ण दर दयनीय



काठमाडौं, ९ वैशाख । त्रिभुवन विश्वविद्यालय उत्तीर्ण दर दयनिय देखिएको छ । शैक्षिक वर्ष २०१३/०१४ देखि २०२१/०२२ सम्मको त्रिविको औसत उत्र्तीण दर करिब ३० प्रतिशतमात्रै रहेको छ । साथै, भर्ना भएका विद्यार्थीहरुले बीचैमा पढाइ छाड्ने दर पनि उच्च रहेको छ ।

त्रिविका उपकूलपति प्रा.डा. केशरजंग बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र व्यवस्थापन सम्बन्धी सोच–पत्रमा उनले त्रिविले देशभर विद्यार्थीको कूल ७९ प्रतिशत भार त्रिविले बोके पनि उत्तीर्ण दर न्यून रहेको उल्लेख गरेका छन् । उनले विगत ६ वर्ष (२०१६/०१७ देखि २०२१/०२२) को विद्यार्थी भर्नाको आंकडाले त्रिभुवन विश्वविद्यालयले ७५ प्रतिशत देखि ७९ प्रतिशतसम्म उच्च शिक्षाको भार बहन गरेको उल्लेख गरेका छन् ।

त्रिविलाई विद्यार्थीहरुको भार उच्च रहेपनि उत्तीर्ण दर न्युन हुँदा यसले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी पर्न गएको उनले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot